सरावल गाउपालिकाको आर्थिक बर्ष २०७७/०७८ को बजेट ५३ करोडको ९० लाख

0

नवलपरासी १० असार : पश्चिम नवलपरासीको सरावल गाउपालिकाको छैठौ गाउसभा सम्पन्न भएको छ । सभाले ५३ करोड ९० लाख बराबरको बजेट पारित गरेको गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले स्थानीयपत्रलाइ बताउनुभयो । उहाँका अनुसार बिषयगत रुपमा सबैभन्दा धेरै पूर्वाधारमा रकम बिनियोजन गरिएको छ । कृषि तथा पशुपालन र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको चौधरीको भनाई छ । गाउसभामा उपाध्यक्ष उत्तमा रायले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको प्रमुख प्रसाशकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै कारोना भाइरस संग जुध्न र सम्भावित विपदलाई हेरेर एक करोड विपद ब्यवस्थापन कोषमा रकम छुटटयाइएको छ । गाउसभा सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीको अध्यक्षतामा भएको थियो ।

You might also like