सडक दुर्घटना न्युनिकरण सम्बन्धि कार्यक्रम

0

बर्दघाट – राष्ट्रिय अपांग सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा लक्षित समुदायमा क्षमता अभिबृद्धि तथा सडक दुर्घटना न्युनिकरण सम्बन्धि साँस्कृतिक कार्यक्रम विहीवार बर्दघाटमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेलले सडक दुर्घटना न्युनीकरणका लागि जनचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले जनचेतना बृद्धिका लागि सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र बिक्रम हमालले सडक दुर्घटना न्युनीकरण गर्नका लागि फरक क्षमता भएकाहरुले उदाहरणीय काम गरेको बताउनुभयो । मोतीलाल घिमिरे वि.क.को संयोजकत्वमा भएको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरिक्षक युवराज भण्डारीले नेपाल यातायत स्वतन्त्र मजदुर युनियनका प्रदेश सचिव प्रकाश बस्याललगायतले बोल्नुभएको थियो भने कार्यक्रममा फरक क्षमता भएका चेतवहादुर केसीले आफ्नो प्रस्तुति गर्नुभएको थियो ।

You might also like