भारत लग्दै गरेको मदिरा सहित अवैध सामग्री स्थानीय क्लबले नियन्त्रणमा लिइ,सशस्त्र प्रहरीलाई बुझायो

0

श्याम थापा

नवलपरासी : पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको पक्लिहवा स्थित बलिनगरको नाका हुँदै भारत लैजादै गरेको घरेलु मदिरा,जिरा,धनिया,मल लगायत अवैध सामग्रीहरु बलिनगर युवा क्लब र शिव शक्ति युवा क्लब सुस्ता ५ ले नियन्त्रणमा लिइ सिमा सुरक्षाका लागि खटिएको सुस्ता ५ पक्लिहवाका सशस्त्र प्रहरी बललाई बुझाएको छ ।

देशमा जारी रहेको लकडाउनको मौका छोपी रातको समयमा नेपाल भारतको सिमा छेउछाउ बस्ने स्थानीय तस्करहरुले गएराती करिब १० बजेको समयमा केरा खेतीको बाटो प्रयोग गरि भारतबाट ५०/५० किलो १ बोरा जिरा,१ बोरा धनिया,१ बोरा भारतीय मल नेपाल ल्याउदै गरेको र नेपाल तर्फबाट भारत तिर जादै गरेको करिब ३ बोरा अर्थात ५ सय लिटर घरेलु मदिरा सहित करिब ४० हजार बराबर रकमको सामग्री द्वेव क्लबका टिमले नियन्त्रणमा लिइ सशस्त्र प्रहरी बल पक्लिहवाका सशस्त्र प्रहरी निरीक्षक जनक भण्डारीलाई बुझाएको हो ।

नियन्त्रणमा लिएको घरेलु मदिरा सहित अवैध सामग्री यतिखेर सिमा सुरक्षाका लागि खटिएका सुस्ता ५ पक्लिहवाको बिपि माध्यमिक बिधालय रहेको अस्थाई पोस्टमा रहेको छ र सो अवैध सामग्रीहरु महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीलाई बुझाउने सशस्त्र प्रहरी निरीक्षक जनक भण्डारीले बताए । यसरी बाक्लो रूपमा सिमामा सुरक्षाकर्मी परिचालन गर्दा पनि तस्करी हुन भने रोकिएको छैन ।

You might also like