पाल्हीनन्दनमा नीति तथा कार्यक्रमबारे सरोकारवालासँग छलफल

0

बेलाशपुर ५ असार – पाल्हीनन्दन गाँउपालिकाले आ.व. २०७७÷०७८ का लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको बारेमा पूर्व छलफल गरेको छ । शुक्रबार गाँउपालिका कार्यालयमा आयोजित छलफलमा उपस्थित सरोकारवालाले सुझाव प्रस्तुत गरे ।

कार्यक्रममा संविधान सभा सदस्य विक्रम खनालले कोरोना परिक्षण र क्वारेन्टाईन व्यवस्थापन राम्रो बनाउँदै कृषिलाई रोजगारसँग जोडेर कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

त्यस्तै नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादले कृषिमा पकेट क्षेत्र अनुसारको कार्यक्रम ल्याउनुपर्ने बताउदै दुध डेरीको व्यवस्था र माछापालन, केरा खेती, तरकारी खेतीमा किसानलाई प्रोत्साहित गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली काग्रेसका कार्यवहाक सभापति जनता समाजवादी पार्टीका नेताद्धय मुकुरजी गिरी र नेता धरेन्द्र यादव, राप्रपाका नेता रामभवन यादव ,उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादव, नेकपा पाल्हीनन्दनका अध्यक्ष धुव्रनारायण बाँनिया, सचिव सुरेश गुप्ता, पूर्व शिक्षक शिवनाथ गौड, पत्रकार मोहन पौडेल, रामकरण हरिजन, दिनेशमणी पटेल लगायतले बोल्नुभएको थियो ।
त्यस्तै सबैको सुझावपछि गाँउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपक र प्रमुख प्रशासकिय अधिकृत राजन श्रीवास्तले प्राप्त सुझावलाई मध्यनजर गर्दै नीत तथा कार्यक्रम तय गरिने दावी गर्नुभयो ।

You might also like