लकडाउन ब्यवस्थित गर्न युवा स्वयंसेवक टोलि

प्रहरी प्रशासनलाई सहयोग पुर्याउने

0

नवलपरासी ७ बैशाख : लक डाउनको अवधिमा हुने आवत जावत तथा लक डाउन विरुद्धको गतिबिधि रोक्न बर्दघाट – १३  मा युवा स्वयंसेवक टोलि गठन गरिएको छ ।  सिमा पार भारत तर्फबाट लक डाउनको समयमा अबैध रुपमा सामान ल्याउने क्रम नरोकिएको भन्दै प्रहरी प्रशासनलाइ सहयोग पुर्याउनका लागी उक्त टोलि बनाइएको युवा समाजसेवि तथा युवा संघका पुर्ब अध्यक्ष कुमार आलेले बताउनुभयो ।  त्यस्तै वडामा भएका गतिबिधिको रिपोर्ट सन्कलनका लागि जनक खाडको नेतृत्वमा सुरज पान्डे ;झबिन्द्र अधिकारि , मनोहर रायमाझी ,खिम नारायण चौधरी सदस्य  रहेको स्टेरिङ कमिटि बनाइएको छ भने टोल टोलमा समन्वय गर्नका लागी बिक्रम पौडेल र समिर के सिको नेतृत्वमा १६/१६ सदस्यीय छुट्टाछुट्टै स्वयंसेवक टोलि गठन गरिएको छ ।

You might also like