आज मेची–महाकाली जनजागरण अभियानको संयुक्त समापन चितवनमा

0

काठमाडौं – देशका चारवटा सहरबाट एकसाथ उद्घाटन भई ७ फागुनबाट सञ्चालनमा रहेको मेची–महाकाली जनजागरण अभियानको संयुक्त समापन चितवनको चौबीसकोठीमा हुने भएको छ । झापाको काँकडभिट्टा, कञ्चनपुरको गड्डाचौकी, काठमाडौंको शान्तिबाटिका, कास्कीको पोखराबाट एकसाथ उद्घाटन भई सञ्चालनमा रहेको अभियानको संयुक्त समापन २१ फागुनमा चितवनमा गर्न लागिएको हो । पूर्व झापाबाट सञ्चालन गरिएको अभियान टोलीको नेतृत्व देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले र पश्चिम कञ्चनपुरबाट सञ्चालन गरिएको अभियानको नेतृत्व मोर्चाका केन्द्रीय सचिव परि थापाले गर्नुभयो ।्
कास्कीको पोखराबाट ४ नं प्रदेशका जिल्लाहरुमा सञ्चालन गरिएको अभियानको नेतृत्व मोर्चाका सचिवालय सदस्य तथा ४ नं प्रदेशका संयोजक केशबहादुर परियारले गर्नुभएको थियो । टोलीले आज जनसभा सहित अभियान समापन गर्ने जनाएको छ ।

You might also like