पैदलयात्री मजदुरलाई उद्धार गरी पठाइयो

0

प्रकाश न्यौपाने
नवलपरासी – काठमाण्डौंबाट घर जानका लागि ३ दिन पैदल हिडेर आएका ६० जना मजुदरहरुलाई बर्दघाट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईले उद्दार गरी गन्तव्यमा जानका लागी सहयोग गर्नुभएको छ । चापागाईले बाँके र बर्दिया जानका लागी काठमाण्डौंबाट ३ दिनअघि पैदल हिडेर विहीबार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ९ स्थित भुताहा चेकमा आइपुगेका मजदुरहरुलाई दुई वटा गाडीमा देवदह नगरपालिकाको भलुहीसम्म पु¥याएर सहयोग गरेका गर्नुभएको हो । ३ दिनको पैदल यात्राका कारण सबै मजुदरका खुट्टा सुनिएका थिए । भोक र प्यासले अनुहार मलिन रहेका उनिहरुले उद्दार गर्नुभएकोमा धन्यवाद दिर्दै खुसी व्यक्त गरेका छन् ।

You might also like