गुणस्तरहीन चामल वितरण गरेको प्रति ज्ञापन पत्र बुझाइयो

0

नवलपरासी ३० चैत्र :
पश्चिम नवलपरासीमा रामग्राम नगरपालिकाले वितरण गरेको राहत गुणस्तरहीन भएको भन्दै  बिरोध स्वरुप जिल्लाका बिभिन्न दलका प्रतिनिधिले ज्ञापन पत्र बुझाएका छन् ।
नेकपाका जिल्ला सचिवालय सदस्य तथा नगर ईन्चार्ज बुद्धन अली, समाजवादी पार्टीका राजेन्द्र प्रसाद यादव, राप्रपाका नगर अध्यक्ष रामभवन यादव, स्वतन्त्र राजनितिक समुहका जिल्ला संयोजक राधेरमण पाण्डेद्धारा हस्ताक्षरित ज्ञापन पत्र आइतबार जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा बुझाईएको हो । उक्त ज्ञापनपत्रमा संकटको यस घडीमा गरिव तथा विपन्न वर्गलाई वितरण गरिने राहतमा गम्भीर लापरवाही देखिएकाले तत्कालै छानविन गरी कारवाही गर्न माग गर्नुका साथै आवश्यक मापदण्ड अनुसारको राहत खाद्यन्न सामाग्री वितरणको व्यवस्था अविलम्ब गर्न, गराउन माग गरिएको छ ।

You might also like