क्रान्तिकारी महिला संगठनको प्रदेश भेला सम्पन्न

0

कपिलबस्तु – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सम्बद्ध महिला संगठन क्रान्तिकारी महिला संगठनको प्रदेश भेलाले तेजकुमारी थापाको संयोजकत्वमा २७ सदस्सीय प्रदेश संगठन समिति निर्वाचित गरेको छ ।
कपिलबस्तुको बाणगंगास्थित सिउटी गाउँमा मंगलवार भएको एकता भेलाले निमकला पुन, बीमा भट्टराई र ईश्वरी थापालाई सहसंयोजकको जिम्मेवारी दिएको छ ।

त्यस्तै संगठनको सदस्यहरुमा उर्मिला थापा,सुशिला आचार्य,दीपा सिटौला कमला गौतम, सुशिला मगर,हेमान्ता घिमिरे, मुक्तमाया महत्तोलगायत रहनुभएको छ । भेलामा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य प्रेम सुवेदीले पुरुषसत्तात्मक राज्यसत्तालाई ध्वस्त पार्नका लागि महिलाहरु एकजुट भएर आन्दोलनमा लाग्नुपर्ने औल्याउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक श्याम बहादुर बोहोरा, केन्द्रीय सदस्य डाक्टर थारु, अखिल (क्रान्तिकारी)का दीपक बिष्टलगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

You might also like