रामग्रामको ‘कमसल’ राहत बारे प्रशासनको छानविन समिति

0

नवलपरासी २८ चैत्र – पश्चिम नवलपरासीको रामग्राम नगरले गुणस्तरहीन खाद्य सामाग्री बितरण गरेको जनगुनासो र नगरपालिकाको गेटमा विपन्न परिवारले राहत समान ल्याएर फ्याकेको बिषयमा चौतर्फी आलोभना पछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले ५ सदस्यीय गुणस्तर र नाप तौल गर्न समिति गठन गरेको हो । राहतबारे चौतफि आलोचना आएपछि प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले प्रशासकीय अधिकृत सागर गौतमको संयोजकत्वमा समिति गठन गरेको जनाइएको छ । समितिमा घरेलु तथा साना उद्योगका प्रमुख, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र उद्योग वाणिज्य संघका प्रतिनिधि रहेको बताइएको छ । त्यस्तै समितिले शुक्रबार नै गुणस्तर र नाप तौल गर्न खाद्यन्न सामाग्री नाप तौल तथा गुणस्तर कार्यालय भैरहवा पठाएको छ ।

You might also like