सचेतना कार्यक्रम सम्पन्न

0

गोपीगंज फागुन ९ – टाईम साकोस बर्दघाटले बाल विवाहले स्वास्थ्यमा पार्ने असर तथा बाल विवाह सम्बन्धी कानुनी ब्यबस्थाका विषयमा सचेतना कार्यक्रम विहीवार गोपीजंगमा सम्पन्न गरेको छ । विशेषगरी थारु, मुस्लिम तथा मधेशी समुदायलाई लक्षित गरी आयोजित सचेतना कार्यक्रममा प्रमुख प्रशिक्षक अञ्जनी श्रेष्ठले बाल विवाहले स्वास्थ्यमा पार्ने प्रभावको विषयमा सहजीकरण गर्नुभएको थियो भने प्रशिक्षक सरावादिन अलि अन्सारीले बाल विवाह सम्बन्धी कानुनी ब्यबस्थाको बारेमा प्रशिक्षण दिनुभएको बताइएको छ । कार्यक्रममा २ सय ४३ जनाको सहभागिता रहेको थियो । सहकारीको महिला परिचालन उप समितिकी अध्यक्ष गंगा पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । यूूवा परिचालन उपसमिति र महिला परिचालन उपसमितिको संयुक्त आयोजनामा भएका कार्यक्रममा सहकारीका अध्यक्ष रुद्र प्रकाश उपाध्यायले सहकारीको बारेमा प्रकाश पार्नुभएको थियो भने यूवा परिचालन उपसमितिका संयोजक गणेश पाण्डेको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष फुलकुमारी गिरीले गर्नुभएको जनाइएको छ ।

You might also like