जिल्ला कारागारमा कैदी बन्दीको मृत्यु

0

परासी २६ चैत्र – जिल्ला कारागार पश्चिम नवलपरासीमा सजाय भुक्तान गरिरहेका कैदी बन्दी रुपन्देहीको रानिबगिया स्थाई घर भएका वर्ष ३५ का शिवराज परियारको मृत्यु भएको छ ।
जन्डीसको बिरामी रहेका उनको उपचारको क्रममा आज बिहान पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरेन्द्र थापाले जानकारी दिनुभयो ।
मानव बेचविखन मुद्धामा दोषी पाईएपछि १० वर्षको जेल सजाय सुनाईएका उनलाई २०७२ साल भदौ १० परासी स्थित कारागारमा ल्याईएको थियो । उनी विगत १०÷१२ दिन देखि बिरामी रहेको जेलर जगत बस्नेतले जानकारी दिनुभयो ।

You might also like