बर्दघाट खानेपानीमा खानेपानी स्वच्छता कायम राख्न कार्ययोजना निर्माण

0

बर्दघाट २ असार – बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तरगतको खानेपानी सुरक्षा योजना टोलीको बैठकले मुहान देखि मुख सम्म खानेपानीको शुद्धता कायम राख्न बिभिन्न कार्ययोजना बनाएको छ । मंगलवार भएको बैठकले खानेपानी स्वच्छताका लागि मुहान तथा संस्थाका बिभिन्न संरचनाहरुको अवलोकन गर्ने निर्णय गरेको ब्यवस्थापक बिष्णु कुमार भुसालले बताउनुभयो । उहाँका अनुसार टोलीको बैठकले असार ५ गते मुहान अवलोकन गर्ने र हरेक महिनाको ६ गते योजना टोलीको नियमित बैठक बस्ने निर्णय गरिएको छ ।
त्यस्तै बैठमा उपभोक्ताहरुमा केही गुनासो भए सुरक्षा योजना टोलीका सदस्यहरुमार्फत संकलन गरी कार्यालयबाट गुनासो ब्यवस्थापन गर्ने बिषयमा समेत छलफल भएको थियो ।
साथै बैठकले असार १२ गते कायक्ष्ोत्रका २१ वटा टोल विकास संस्थाहरुको अध्यक्षहरुसंग अन्तरिक्रया गर्ने र टोलटोलमा खानेपानी सुरक्षा योजनाबाट बनेका कार्ययोजना अनुरुपका कार्यक्रम लैजाने निर्णय लिइएको संस्थाका उपाध्यक्ष एंव खानेपानी सुरक्षा योजना टोलीका संयोजक दीपक लम्सालले बताउनुभयो ।
कार्यक्रममा ब्यवस्थापक भुसालले खानेपानीको बिगतदेखि वर्तमान अवस्था सम्मका गतिबिधिहरुबारे सहजीकरण गर्नुभएको थियो ।
बैठक खानेपानी सुरक्षा योजना टोलीका संयोजक दीपक लम्सालको अध्यक्षता संस्थाका सचिव धनबहादुर गुरुंगको संचालनमा भएको थियो ।

You might also like