७५ जिल्लामा फैलियाे कोरोना भाइरस, आइतबार थपिए ४२१ संक्रमित

0

 २०७७ असार  ८  :

काठमाडौं ।  काेराेना भाइरस नेपालका ७५ जिल्लामा फैलिएकाे छ । आइतबार थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ७५  जिल्लामा फैलिन पुगेकाे हाे ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ९ हजार २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमित मध्ये ३५७ पुरुष र ६४ महिला रहेका छन् ।

कुन जिल्लामा कति थपिए ?

डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ३ महिला र ३ पुरुष, उदयपुरका एक महिला र ४ जना पुरुष, मोरङका एकजना महिला र एकजना पुरुष, सुनसरीको एकजना महिला र एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीषणमा धनुषाका एकजना महिला र ७ जना पुरुष, महोत्तरीका २ जना पुरुष र सप्तरीका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा गौतमका अनुसार नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीषणमा बाराका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अर्घाखाँचीका ६ जना महिला र१० जना पुरुष, डडेल्धुराका ३ महिला र ११ जना पुरुष, डोटीका २ महिला र १४ जना पुरुष, गुल्मीका एक महिला र ४ जना पुरुष, कैलालीका ३ पुरुष, कपिलवस्तुका ११ पुरुष, नवलपरासी पश्चिमका ५ महिला र १६ जना पुरुष र नुवाकोटका एक पुरुष, प्युठानका २ महिला र १८ पुरुष, रामेछापका एकजना पुरुष, रुपन्देहीका एकजना पुरुष, सर्लाहीका एकजना महिला र ४ जना पुरुष, सिराहाका ४ महिला र ४८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा ललितपुरकी एक महिला र पाल्पाका २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका १० महिला र ३९ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाग्लुङका २ जना पुरुष,कास्कीका एकजना पुरुष, स्याङ्जाका २ जना महिला र ८ जना पुरुष, बाग्लुङका २१ जना पुरुष, मुस्ताङका एकजना पुरुष, म्याग्दीका २ महिला र २ जना पुरुष, नवलपरासी पुर्वका २ पुरुष, पर्वतका २ जना पुरुष, तनहुँका एक महिला र ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एक महिला र ८ जना पुरुष, गुल्मीका एक महिला र एक पुरुष, कपिलवस्तुका १३ जना पुरुष, नवलपरासी पश्चिमका एक पुरुष, पाल्पाका एक महिला र एक पुरुष र रुपन्देहीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एक पुरुष, बर्दियाका ३ जना पुरुष, रोल्पाका एकजना महिला र २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १० जना पुरुष र रोल्पाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलखका एक महिला, सल्यानका ६ जना पुरुष र सुर्खेतका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका २ जना पुरुष, बैतडीका एकजना पुरुष र एक महिला, बझाङका २ जना पुरुष, डडेल्धुराका ४ जना महिला र २३ जना पुरुष, डोटीका ४ महिला र ७ पुरुष, कैलालीका २ महिला र २२ पुरुष र कञ्चनपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७५ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा १९६ जना निकाे भए

नेपालमा पछिल्लो २४ घण्टामा १९६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ हजार ७७२ पुगेको छ । जसमध्ये १४९ महिला र १६२३ पुरुष रहेका छन् ।

हालसम्म २३ जनाको मृत्यु

नेपालमा आइतबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

६९ वर्षका गुल्मी छत्रकोटका एक जनाको कोरोनाका कारण मृत्यु भएको स्थास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार गुल्मीका थप एक जनाको कोरोनाका कारण ज्यान गएको हो । उनको घरमै मृत्यु भएको र शव व्यवस्थापन भइसकेको मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला गरी २३ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

mool bato

You might also like