सुनवलमा मजदुर तथा अतिविपन्न परिवारलाई राहत वितरण शुरु

१ हजार ९ सय १० घरधुरीहरुलाई वडा मार्फत राहत

0

सुनवल २५ चैत्र – पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले मजदुर तथा अतिविपन्न परिवारलाई मंगलवारदेखि राहतस्वरुप खा्द्यान्न वितरण शुरु गरेको छ । नगरले प्रत्येक वडाबाट बितरण ब्यवस्था मिलाउने गरी १३ वटै वडाबाट सिफारिस भई आएका घरधुरीका लागि राहत सामाग्री दिइएको सामाजिक विकास समितिका संयोजक तथा वडा नम्वर २ का वडाध्यक्ष राजेन्द्र यादवले बताउनुभयो । त्यस्तै राहत सामग्री वितरणका लागि वनेको वडा स्तरीय समितिबाट छनोट भई आएका १ हजार ९ सय १० घरधुरीहरुलाई वडा मार्फत राहत समाग्री वितरण गरिने सुनवल नगरपालिकाका नगर उपप्रमुख दधिराम अर्यालले वताउनुभयो । नगरपालिकाले राहात बितरण गर्दा परिवार संख्याका आधारमा २ किसिमबाट बितरण गर्ने सुनवल नगरपालिका नगर प्रमुख भिम वहादुर थापाले जानकारी दिनुभयो । परिवार संख्या २ जना भन्दा बढि भएका परिवारलाई पुरै राहात उपलब्ध गराइने छ । यसरी पुरै राहत पाउनेमा १ हजार ५ सय ३३ घरधुरी सिफारीस गरिएको छ । उनिहरुले सोना मन्सुलि चामल २५ केजि, दाल ३ केजि, खाने तेल २ लिटर, साबुन नुहाउने र लुगाधुने २÷२ वटा, चिनि २ केजी, नुन २ केजि र सोयाबिन ४सय ग्राम राहात पाउने छन् ।
यसैगरि २ जना सम्म भएको परिवारलाई आधा राहत उपलब्ध गराइने छ । यसरी आधा राहात पाउने घरधुरी संख्या ३ सय ७७ रहेको छ । उनिहरुले सोना मन्सुलि चामल १२।५ केजि, दाल १।५ केजि, खानेतेल १ लिटर, साबुन नुहाउने र लुगाधुने १÷१ वटा, चिनि १ केजि, नुुन १ केजि र सोयाबिन २ सय ग्राँम राहात पाउने नगर प्रमुख थापाले जानकारी दिनुभयो ।

You might also like