नगरप्रमुखको कार्यकक्षमा बिद्युत सर्ट हुदाँ आगलागी , आगलागीबाट सामान्य क्षति

0

नवलपरासी २० साउन – बर्दघाट ४ स्थित बर्दघाट नगरपालिकाको कार्यालयमा नगर प्रमुख धीरज शर्मा बस्यालको कार्यकक्षमा बिद्युत सर्ट हुदाँ आगलागी भएको छ । मंगलवार दिउसो अत्याधिक बिद्युत प्रवाह हुदाँ त्यसको असर स्विचमा पर्न गई आगलागी भएको हो । आगलागीबाट झ्यालतर्फ रहेको बिद्युतको स्विच पूरै डढेको छ भने समयमै आगलागीको जानकारी हुदाँ भौतिक तथा मानवीय क्षति हुन नपाएको नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो । त्यस्तै घटनाका प्रत्यक्षदर्शी नगर शिक्षा प्रमुख इन्द्र कुंवरले बिद्युत सर्ट भएको समयमै देखिएको र समयमै बिद्युत बन्द गर्न सकिएकोले ठूलो दुर्घटनाबाट बचेको बताउनुभयो । उहाँले आगलागीको समयमा आफू र नगर प्रमुख बस्याल सो कार्यकक्षमै रहेको र समयमा बिद्युत बन्द गर्न सकिएकोले दुर्घटना टरेको जानकारी दिनुभयो । आगलागी पछि कार्यकक्ष वरपर धुवाको मुस्लो देखिएको थियो । कार्यकक्षमा रहेको दुईवटा एसीको लोड र कार्यकक्षका लागि छुटटै एमसीभी नभएकोले कारण समस्या भएको बताइएको छ ।

You might also like