पत्रकार महासंघका सबै कमिटीहरु साझा बनाउनुपर्नै क्रान्तिकारी पत्रकार महासंघको धारणा
श्रमजिवी ऐन कार्यान्वयन गर्न दबाबमुलक कार्यक्रम गर्ने निर्णय
नवलपरासी – क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीले नेपाल पत्रकार महासंघको साझा चरित्र गुम्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै आसन्न निर्वाचनबाट महासंघलाई साझा बनाउन जोड दिएको छ ।
महासंघको सोमवार बर्दघाटमा बसेको बैठकले नेपाल पत्रकार महासंघका सबै कमिटहिरु साझा बनाउन बिधानमै ब्यवस्था गर्नुपने माग गरेको हो । पत्रकार महासंघ जस्तो महत्वपुर्ण संस्था अमुक दलको भातृ संगठन जस्तो भइराखेको छ ,त्यसबारे बिधानमै ब्यवस्था गर्नुपर्ने हाम्रो माग हो – क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष संजय तिवारीले भने– साझा चरित्र गुम्दै गएको छ । त्यसलाई उठाउनुपर्छ ।
त्यस्तै महासंघले श्रमजिवी ऐन कार्यान्वयन गर्न दबाबमुलक कार्यक्रम गर्ने निर्णय गरेको जनाएको छ । त्यस्तै महासंघले कोभिडको मारमा संचालन हुन नसकेकाका स्वरोजगारमुलक संचारमाध्यमहरुलाई क्षतिपूर्ति दिन सरकार माग गरेको जिल्ला अध्यक्ष तिवारीले बताए ।
हामीले वर्तमान परिस्थितिको मुल्याँकन सहित पेशागत एंव जनअधिकारको पक्षमा संर्घष गर्ने निर्णय लिएका छौ –तिवारीले भने– प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो संर्घष केन्द्रीत रहन्छ । त्यस्तै बैठकले नेपाल पत्रकार महासंघलाई साझा बनाउन सर्बसम्मत रुपमा नेतृत्व चयन हुनुपर्ने बताउदै त्यसका लागि पहल गर्ने निर्णय गरेको तिवारीले बताए ।
जिल्ला शाखालाई सर्बसम्मत बनाउनका लागि संगठनको तर्फबाट जिल्ला सल्लाहकार बोल्गा नेपालको संयोजकत्वमा समिति समेत गठन गरेको छ । त्यस्तै माघ र फागुन महिनमा सदस्यता नवीकरण तथा विस्तार गर्ने, धुब्रीकरणलाई जोड दिने र विचार मिल्ने संगठनहरुसंग कार्यगत एकता गरेर संयुक्त कार्यक्रम गर्ने लगायतका कार्यक्रम बनाएको महासंघले जनाएको छ ।
बैठकमा नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासी सेक्रेटरी चोलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उनले वर्तमान परिस्थितिमा जनपक्षीय पत्रकारहरुले संसदीय ब्यवस्था बिरद्ध संर्घष गर्नुपर्ने बताए । कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष एंव प्रदेश संयोजक रवि पाण्डेय, जिल्ला उपाध्यक्ष बाबुराम गिरीलगायतले धारणा राखेका थिए ।