नवलपुरमा ६२ बर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु

0

नवलपुर,भदौ २९ । गैंडाकोटमा थप एकजना कोराना संक्रमितको मृत्यु भएको छ । गैंडाकोट ९ की ६२ बर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको गैंडाकोट नगर स्वास्थ्य शाखाले जनाएको छ ।

मधुमेह, उच्च रक्तचाप, निमोनियाबाट ग्रसीत भै यहि भाद्र १५ गते सिएमसीमा भर्ना हुनुभएको थियो । १६ गते स्वाव जाँच गर्दा १७ गतेको रिपार्ट अनुसार संक्रमण पुष्टी भएको र २८ गते राती मृत्यु भएको पुष्टी भएको गैडाकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको हो ।
यस्तै सिएमसीले पनि प्रेस बिज्ञप्तीमा गैंडाकोट ९ की ६२ बर्षीय महिलाको कोरोनाको संक्रमणबाट मृत्यु भएको जनाएको छ । स्वास्थ्यकर्मीको अथक प्रयास रहेपनि बचाउन नसकिएको र गयराती करिब ११ः ३० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभएको छ ।यो सँगै गैंडाकोटमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि गैंडाकोट ५ का १ संक्रमितको सिएमसिमा उपचारका क्रममा नै मृत्यु भएको थियो ।..Nawalpur FM

You might also like