यी हुन तीन लाख पचास हजार रुपैया घरबहाल छुट गर्ने `मनकारी´ घरधनी

0

अर्घाखाँची -अहिले काेराेना ले उत्पन्न विषम परिस्थितिले सम्पूर्ण व्यापार व्यावसाय तथा जनजीवन निकै कष्टकर बनेको छ।यहि परिस्थितिलाइ मध्यनजर गर्दै अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा न ८ भालुवाङ स्थित राप्तीनदि किनारमा रहेको भाडामा दिएकाे अाफ्नाे घरजग्गामा सन्चालित हाेटल एभरल्याण्डका घरधनि अकबर अलि र सानी खातुन ले झन्डै चार महिनाकाे तीन लाख पचास हजार बराबरकाे भाडा छुट गर्नुभएको छ। यसरी चार महिनाकाे भाडा छुट दिएर समाजमा उदाहरणीय काम पेसा गर्नुभएको छ ।यसरी चार चार महिनाकाे भाडा छुट दिएर हामी जस्ता अाफ्नै देशमा केही गर्नु पर्छ भन्ने युवाहरूलाई थप हाैसला र प्रेरणा प्रदान गर्नुभएको सन्चालक मध्येका एक दामाेदर खनालले बताउनु भयाे।स्मरण रहाेस अकबर अलि र सानी खातुन प्रधानमन्त्रीका अाइटी सल्लाहकार असगर अलिका बुबाअामा हुनुहुन्छ ।

You might also like