बुटवलको आम्दा र सिटीईभिटीमा क्रान्तिकारीको कालो ब्यानर !

0

रुपन्देही – मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल क्रान्तिकारीले बुटवल स्थित महिला तथा बाल अस्पताल आम्दा र सिटिईभिटीको लुम्बिनी प्रदेश कार्यालयमा कालो ब्यानर टागेको छ । अखिल क्रान्तिकारी लुम्बिनी (५ नम्बर ) प्रदेश कमिटीको नेतृत्वमा गएको विद्यार्थीहरूको समुहले सोमबार दिउँसो आम्दा र सिटिईभिटीको प्रदेश कार्यालयमा कालो ब्यानर टागेको हो ।

सामुदायिक अस्पताल भएता पनि आमा सुरक्षा कार्यक्रम लागु नगरेको, मनपरी तरिकाले बिना प्रतिस्पर्धा ल्याबको सेम्पलहरु आफ्नो फर्ममा पठाएको,टेण्डरमा सामान खरिद नगरी कमिशनको आधारमा खरिद गरेको,बर्षों देखी सामान खरिद गरेर स्टोर गरेर सामान राखेको,अस्पताल मर्मत गर्दा निस्कीएको गिट्टी बहिर बेचेको,अस्पतालका आवश्यक पर्ने औषधिहरु आफ्नो खुशी खरिद गरेको,अस्पतालमा कर्मचारी डियुटी समय बराबर नभएको, कर्मचारीहरु समयमा पदोन्नती नगरेको,ग्रेड रोकिएका कर्मचारीहरुको व्यवस्थापन नगरेको आरोप लगाउदै अखिल क्रान्तिकारीले अस्पतालमा कालो ब्यानर टागेको हो ।
त्यस्तै सिटिईभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारी भ्रष्ट भएको भन्दै उनलाई बर्खास्त गरि कारबाहीको माग गर्दै सिटिईभिटीको प्रादेशिक कार्यालयमा कालो ब्यानर टागेको ब्यानरमा जनाइएको छ ।

You might also like