सुस्तामा ६ जना क्वारेन्टाइनमा

चाप बढेपछि नयाँ क्वारेन्टाइन स्थापना

0

सुस्ता १५ चैत । सुस्ता गाउँपालिकाले २१ शैयाको दोस्रो क्वारेन्टाईन निर्माण गरेको छ । यसअघि वडा नं ५ पक्लिहवामा निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवनमा निर्माण गरिएको १० शैयाको प्रथम क्वारेन्टाइनमा भारत र अन्य मुलुकबाट आएका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्ने चाप बढेपछि नयाँ क्वारेन्टाइन स्थापना गरिएको हो ।
कोरोना भाईरसको संक्रमण नेपालमा पनि देखिएपछि यसको जोखिमलाई मध्यनजर गर्दै दोस्रो क्वारेन्टाइन निर्माण गर्नुपरेको क्विक रेस्पोन्स टिमका संयोजक एवं गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनीले बताउनुभयो । गाउँपालिकाको वडा नं २ हरखपुरामा रहेको युनाइटेड एकाडेमीको भवनमा २१ शैयाको सुविधायुक्त दोस्रो क्वारेन्टाईन निर्माण गरिएको हो ।
कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरुलाई राखिने क्वारेन्टाईनमा स्वास्थ्यकर्मीको टोली सहित खाना, आवास र औषधी उपचार लगायतका सेवाहरुको ब्यवस्थापन गरिएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बताउनुभयो । सुस्तामा अहिले भारत र अन्य मुलुकबाट आएका मध्ये ६ जनालाई क्वारेन्टाइनमा राखिएको क्वारेन्टाइनका संयोजक भागिरथी भेडिहारले जानकारी दिनुभयो ।

You might also like