नवलपरासीमा खोलाले बगाएर एक जनाको मृत्यु

0

नवलपरासी, १५ साउन ।

पूर्वी नवलपरासीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाउँपालिका २ का गड्डा खोला निवासी २४ बर्षीया सीता परियारलाई विहीबार विहान खोलाले बगाएको हो ।
घरबाट गिरुवारी आउने क्रममा गिरुवारी खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको हो ।  स्थानीय तत्काल खोजी गरे पनि ३ मिटर तल मध्यविन्दु ९ वसन्तपुरमा उनको शव भेटिएको थियो ।

Daunne news

You might also like