कतै अस्पताल कतै स्वास्थ्य चौकी शिलान्यास (फोटो फिचर)

बर्दघाट १ र रामग्राम ४ मा स्वास्थ्य चौकी, प्रतापपुर र सुस्तामा अस्पताल शिलान्यास

0

रवि पाण्डेय
नवलपरासी १५ मंसिर – बर्दघाट –१ मा स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । आधारभुत स्वास्थ्य सेवा यसै बर्षमा वडा वडामा विस्तार गर्ने अभियान लिएको नगरले स्वास्थ्य चौकी शिलान्यास गरेको हो ।

नगर प्रमुख धीरज शर्मा बस्यालले उक्त भवन शिलान्यास गर्नुभएको हो । कार्यक्रममा नगर प्रमुख बस्यालले नगरमा आधारभुत स्वास्थ्य सेवा पु¥याउन वडा वडामा स्वास्थ्य चौकी निर्माण कार्य भइरहेको बताउनुभयो । उहाँले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने कार्यक्रमलाई तीब्र बनाइएको जानकारी दिनुभयो । वडा नम्बर १ का वडाध्यक्ष मोतीलाल सुनारले स्वास्थ्य चौकी निर्माणले वडावासी हर्षित भएको बताउदै करिब २८ लाख बजेटमा भवन बन्न लागेको जानकारी बताउनुभयो ।


त्यस्तै प्रतापपुर गाउपालिकास्थित जगन्नाथपुर प्राथमिक स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्न कार्यक्रम अनुसार सोमवार भपन शिलान्यास भएको प्रमुख प्रसाशकीय अधिकृत भेषराज खनालले जानकारी दिनुभयो । पालिकाका कार्यबहाक अध्यक्ष अन्जु कुमारी चौधरीले भवन शिलान्यास गर्नुभएको थियो ।

उता सुस्ता गाउपालिका पनि १० शय्याको अस्पताल शिलान्यास भएको छ ।

रामग्राम नगरको वडा ४ मा स्वास्थ्य चौकी शिलान्यास गरिएको छ ।

सरावल गाउपालिकामा भने जग्गा विवादका कारण अस्पताल शिलान्यास गर्न नसकिएको पालिकाले जनाएको छ ।

You might also like