कोरोनाका कारण थप एक जनाको मृत्यु , स्याङ्जाका ५५ बर्षीय पुरुषको गयो ज्यान

0

असार ११ काठमाण्डौं । नेपालमा कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ।

स्याङ्जा सिरुवारीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति पोखरामा उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिामाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचार गराइरहेका ती पुरुषको वुधबार राति ११ः३५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्राध्यापक डा। अर्जुन आचार्यले जानकारी दिए।

उनी असार ८ गते उपचारका लागि पश्चिामाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका थिए।
यो सगँै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

Mireire online

You might also like