बर्दघाट नगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

0

बर्दघाट २४ मंसिर– बर्दघाट नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवार सम्पन्न गरिएको छ । नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायको अध्यक्षता तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले लैंगिक हिसांलाई सह्न नहुने बताउनुभयो । उहाँले पुरुषको तुलनामा महिला नै बढी घरेलु, लैंगिक, शारीरिक, पारिवारिक, मानसिक र सामाजिक लगायतका हिंसा खेप्दै आएको उल्लेख गर्नुभयो ।

उपप्रमुख उपाध्याय लैंगिक हिंसा न्युनीकरणको लागि समाजमा सवै क्षेत्रको प्रतिवद्धता हुनुपर्ने उल्लेख गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले फरक शैलीमा अभियान संचालन गर्दै आएको जानकारी दिनुभयो ।

सो अवसरमा मनोपरामर्शदाता खिमा रिजाल र संचारिका समुहकी अमृता अनमोलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी तर्फबाट बिष्णु वन लगायतले बोल्नुभएको थियो भने कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन महिला बालबालिका शाखा प्रमुख अप्सरा सुवेदीले गर्नुभएको थियो।

You might also like