क्रान्तिकारी माओवादी सुनवलमा नयाँ नेतृत्व, जिल्लामा अभियान उद्घाटन गरिदैं

बुधवार कार्यक्रम गर्ने

0

सुनवल – नेकपा (क्रान्तिकारी माओवादी) सुनवल नगर समितिको मंगलवार भएको भेलाले श्यामको नेतृत्वका १३ सदस्सीय नयाँ समिति निर्वाचित गरेको छ । समितिको सेक्रेटरीमा श्याम सदस्यहरुमा धनु,अग्नी,माईली पार्वती , बिजय, लगायतलाई निर्वाचित गरेको हो । त्यस्तै नगर समितिका ईञ्चार्ज लालसिंहका अनुसार भेलामा क्रान्तिकारी माओवादीमा प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी चोला प्रमुख अतिथि रहेको बताइएको छ । कार्यक्रममा समर, सुजयलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम श्यामको अध्यक्षतामा भएको थियो । उता क्रान्तिकारी माओवादीले संगठन सुदृढ अभियान अन्तरगत बर्दघाटको टिसिएल चोकमा बुधवार कार्यक्रम गर्ने जनाएको छ । देशब्यापी अचियान अन्तरगत कार्यक्रम गर्न लागेको जिल्ला सेक्रेटरी चोलाले बताउनुभयो ।

You might also like