नेपाल प्रगतिशील कानुन व्यवसायी एशोसिएशनद्वारा टर्कीकी कानुन व्यवसायी इब्रु तिम्तिकप्रति श्रद्धाञ्जली व्यक्त

0

२०७७ भाद्र १५,

काडमाडौं । पश्चिम एशियाली मुलुक टर्कीमा न्याय‚ समानता‚ परिवर्तन र टर्किश जनताको मुक्तिका लागि विगत लामो समयदेखि आवाज बुलन्द गर्दै संघर्ष गरिआउनुभएकी एक होनहार टर्किश कानून व्यवसायी एवं अधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिन लामो भोक हडतालको क्रममा इस्तानबुलको एक अस्पतालमा गत अगस्त २७‚ २०२० का दिन ४२ वर्षको उमेरमा दुःखद निधन भएको घटनाले अत्यन्त मर्माहत भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट नेपाल प्रगतिशील कानु व्यवसायी एशोसिएशनले एक वक्तव्य जारी गरी इब्रु तिम्तिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

एशोसिएशनका का.वा.अध्यक्ष अधिवक्ता देवकुमार मोक्तानले जारी गरेको वक्तव्यमा भनिएको छ, “टर्कीको फासीवादी एकेपी सरकारले प्रतिबन्धित पार्टी रिभल्युशनरी पिपुल्स लिवरेशन फ्रन्टको सदस्य भएको आरोपमा तिम्तिकलाई २०१७ सेम्टेम्बरमा गिरफ्तार गरी २०२० मार्चमा अदालतबाट १३ वर्ष ६ महिनाको लामो काराबासको सजाय सुनाइएको थियो । वहाँले जनवरी २‚ २०२० देखि आफु लगायत गैरन्यायिक र गैरकानूनी रुपमा गिरफ्तार भएका साथीहरुको रिहाइ‚ स्वतन्त्र न्यायपालिका‚ स्वच्छ सुनुवाइ र कारागारभित्र मानवीय व्यवहार लगायतका न्यायपूर्ण मागहरु राखी भोक हडताल शुरु गर्नुभएको थियो । भोक हडतालकै क्रममा स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि वहाँलाई अस्पताल भर्ना गरिएकोमा वहाँले औषधी उपचार इन्कार गर्नुभएको र अन्ततः सहादत प्राप्त गर्नुभएको थियो । यसरी न्याय‚ समानता‚ परिवर्तन र टर्किश जनताको मुक्तिका खातिर आफ्नो अमूल्य जीवन सहादत गर्ने इब्रु तिम्तिकको निधनप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै उक्त मृत्युको लागि जिम्मेवार त्यहाँका वर्तमान दमनकारी र फासीवादी एकेपी सरकारको घोर भ्रत्सना गर्दछौं ।”

वक्तव्यमा न्यायपूर्ण अन्दोलनका क्रममा गिरफ्तारीमा परेका अन्य टर्किश अधिकारकर्मी र राजनीतिकर्मीहरुको शीघ्र रिहाइको समेत जोडदार माग गरिएको छ ।Moolbato

You might also like