बस्याल अटोमोबाइल्स प्रालिले दियो ५ वटा ट्राफिक सचेतना बोर्ड

0

बर्दघाट – बस्याल अटोमोबाइल्स प्रालि ( बजाज शो रुम ) बर्दघाटले अस्थायी ट्राफिक चेकपोष्ट बर्दघाटलाई ५ थान सचेतनामलक
ट्राफिक बोर्ड हस्तान्तरण गरेको छ । प्रालिका संचालक एंव युवा ब्यवसायी रुपक बस्यालले शनिवार अस्थायी ट्राफिक चेकपोष्ट बर्दघाटका ट्राफिक प्रहरी नायव निरिक्षक उमेश महत्तोलाई उक्त होर्डिङबोर्ड प्रदान गर्नुभएको हो । पूर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाट नगरक्षेत्रमा हुने सडक दुर्घटना न्युनीकरणका लागि प्रालिले सहकार्य स्वरुप २० हजार रुपैया बढिको ट्राफिक सचेतना बोर्ड प्रदान गरेको प्रालिका संचालक बस्यालले जानकारी दिनुभयो ।


त्यस्तै प्राप्त गरिएको बोर्डलाई पूर्व पश्चिम राजमार्ग अन्तरगत टिसिएनचोकमा एउटा र सो चोक एउटा र भुताहाक्षेत्र , त्रिवेणी जाने सडक, र बजारमा एक एक वटा गाडने प्रबन्ध मिलाइने प्रहरी नायव निरिक्षक महत्तोले बताउनुभयो ।
त्यस्तै अटोमोबाइल्सले बर्षेनी यस्तै प्रकारका सामाजिक काममा आफूलाई सहभागी गराउदै आएको छ ।

You might also like