अत्यावश्यक सामान अभाव भए÷नभएको बारे बर्दघाट बजार अनुगमन (फोटो फिचर)

0
बर्दघाट १० चैत्र – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सोमबार बजारमा अत्यावश्यक सामान अभाव भए÷नभएको बारे बर्दघाट बजार अनुगमन गरेको छ ।
अत्यावश्यक सेवा बाहेकका अन्य पसलहरु बन्द रहेको मौका छोपेर हुने कालोबजारीलाई न्युनीकरण गर्न अनुगमन गरेको बर्दघाट नगरपालिकाले जनाएको छ ।
बजारमा औषधि, खाद्यान्न, ग्यास , ईन्धन एंव होटलका गुणस्तर कायम छ ÷छैन भन्ने बारे यकिन गर्न अनुगमन गरिएको नगर उपप्रमुख मायादेवी पौडेल जानकारी दिनुभयो ।

उहाँले बजार अनुगमनलाई ब्यवस्थित गर्दै जाने प्रतिबद्धता जनाउदै बजारमा कुनै सामानको अभाव नभएको बताउनुभयो ।

You might also like