दिब्यज्योति क्याम्पसमा पदस्थापन

संस्थामा गलत काम हुन नदिने अधिकारीको प्रतिबद्धता

0

बर्दघाट – बर्दघाट २ सिापानीमा रहेको दिब्यज्योति बहुमुखी क्याम्पसको नवनिर्वाचित संचालक समिति पदस्थापन कार्यक्रम गरिएको छ । निर्वाचनबाट बृहस्पति अधिकारी नेतृत्वको सत्तारुढ नेकपा प्यानल बिजयी भएको संचालक समितिको पदस्थापन एक कार्यक्रम बीच भएको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले नगरले क्याम्पसको बृति विकासका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा नवनिर्वाचित समितिको तर्फबाट अध्यक्ष बृहस्पति अधिकारीले जग्गा बिक्री लगायत सबै चासोहरुको जवाफ दिदै संस्थामा गलत काम हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बर्दघाट नगरपालिका २ की वडाध्यक्ष दया दर्लामी , ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई पूर्व संचालकको तर्फबाट यमबहादुर थापा संचालक समिति सदस्य शिवलाल कण्डेल हिमलाल ज्ञवाली प्राध्यापक सरिता खनाल पूर्व क्याम्पस प्रमुख मोहन खनाल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रम क्याम्पस प्रमुख विष्णु लम्सालको अध्यक्षता सहायक प्रमुख सागर पाण्डेयको संचालनका भएको थियो ।

You might also like