अभियानटोलीको नवलपरासीमा स्वागत : अस्नैया सुनवल र परासीमा कोणसभा सम्पन्न, भोली बर्दघाटमा पत्रकार भेटघाट हुने,

0

नवलपरासी १९ फागुन – देशभक्त जनगणतान्त्रिक मोर्चाको मेचीकाली जनजागरण अभियान अन्तरगत पश्चिम कमाण्डको टोलीलाई पश्चिम नवलपरासीमा भब्य स्वागत गरिएको छ । नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीको अगुवाईमा सुनवल ७ अस्नैयामा देजमो नवलपरासीले भब्य स्वागत गरेको हो । स्वागत पछि अस्नैयाचोकमा भएको कोणसभामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य पिताम्बर आचार्य र देजमो नवलपरासीका संयोजक राजु प्रसाद खनालले सम्बोधन गर्नुभएको थियो । टोलीले रुपन्देहीको देवदहको खैरेनी चोकमा सम्बोधन पछि अभियानटोली पश्चिम नवलपरासीको सुनवल आइपुगेको थियो । खैरेनीमा नेता परि थापाले सम्बोधन गर्नुृभएको थियो ।
त्यस्तै अस्नैयाँमा कार्यक्रम गरेपछि अभियान टोलीले सुनवलबजारमा भएको कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणी दुःखीले नेपालको १० हजार १९ बर्गकिलोमिटर सिमा मिचिंदा शासकहरु नबोलेको बताउनुभयो । कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी छविलाल खरेलले समेत बोल्नुभएको थियो ।
त्यस्तै पश्चिम नवलपरासीको सदरमुकाम परासीको बुद्धचोकमा भएको कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य समेत रहेका नेकपा ( क्रान्तिकारी माओवादी ) मा स्थायी समिति सदस्य परी थापा वर्तमान कम्युनिष्ट भनिएको वर्तमान सरकार काम भन्दा गफ गर्न माहिर रहेको बताउनुभएको थियो । देशभक्त जनगणतान्त्रिक मोर्चाका सचिव समेत रहेका थापाले सरकारको नेतृत्वकर्ता केपी ओलीलाई गफाडीको संज्ञा दिनुभयो । देश स्वाधीन हुनका लागि असमान सन्धीहरुको खारेजी हुनुपर्ने बताउदै पूर्व सांसद थापाले सरकार संस्थागत अपराध र भष्टचारमा लिप्त भएको बताउनु भयो । आफूलाई कम्युनिष्ट बताउने ओली प्रचण्डले मेडिकल माफियाको हितमा काम गरेको बताउदै उहाँले समाजवादका लागि गफ नभई काम गर्नुपर्नेमा जोड दिनुभयो । मार्सी चामलवाला मेडिकल माफियालाई मेडिकल संचालनको इजाजतपत्र दिने ओली प्रचण्डले समाजवादको भम्र जनतामा दिनु हास्यपद भएको बताउनुभयो । फरक प्रसंगमा उहाँले नैतिक पतन भएका नेताहरुका कारण राजनीति खराब भएको बताउनुभयो । देउवाले जनताका अधिकार दरवारलाई बुझाए , ओलीले जनआन्दोलनलाई खिसीटिउरी गर्दै गणतन्त्र भनेको बयलगाडा चढेर अमेरिका जानु हो भने , प्रचण्डले जनयुद्धलाई परित्याग गरी धोका दिए उहाँले थप्नुभयो तर तिनीहरु नै नेता भएकाछन् । कार्यक्रमा नेता मोअिव अलिले समेत सम्बोधन गर्नुभएको थियो । बुद्धचोकको सभामा अखिल क्रान्तिकारीका नेता महेश श्रेष्ठले संचालन गर्नुभएको थियो ।
त्यस्तै अभियान टोलीले भुमहीबजारमा कोणसभा र बर्दघाटको चिसापानीबाट र्याली सहितको कोणसभा र गोपीगंजको बुद्धबस्तीका कार्यक्रम गर्ने सो पार्टीका जिल्ला सेक्रेटरी चोलाले जानकारी दिनुभयो । त्यस्तै भोली २० गते बिहान ८ बजे बर्दघाट २ चिसापानीस्थित चिसापानी सामुदायिक वन समुहको हलमा पत्रकार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

You might also like