हिन्दु राष्ट्र घोषणा गर्न माग
परासी – हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान प्रबुद्ध नागरिक गोष्ठि एवं साहित्यकार परिचय कार्यक्रम पश्चिम नवलपरासीको परासीमा शनिवार सम्पन्न भएको छ ।
कार्यक्रममा बक्ताहरुले घर घरमा हामी जाऔं आफ्नो धर्म आफै बचाऔं, धर्म निरपेक्षतालाई डाँडो कटाऔं हिन्दू राष्ट्र पुनः लेखाऔं भन्दै हाम्रो मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने बताए । कार्यक्रमको संयोजक अनिल उपाध्यायको सभापतित्व तथा पूर्व न्यायधिश गोपाल पराजुलीको प्रमुख आतिथ्यता, विशेष अतिथि पूर्व प्रहरी महानीरिक्षक अच्युतकृष्ण खरेल, विशेष अतिथि कल्याण कुमार तिमिल्सेना, कलाकार एवं विश्व हिन्दू परिषदका राष्ट्रिय अध्यक्ष टिका पाहाडी लगायतले आआफ्नो भनाई राख्नुभयो ।
समाजका विशिष्ट प्रबुद्ध व्यक्तित्वहरुको उपस्थितिमा जागरण अभियानको लागि प्रकाशित पुस्तक, स्टिकर तथा फोल्डरको पुर्ण परिचयको साथै विमोचन कार्यक्रम गर्दै पश्चिम नवलपरासीको उद्योग वाणिज्य सभा हलमा सम्पन्न भएको कार्यक्रमको स्वागत कलाकार अशोक श्रेष्ठले गीतबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन रविकान्त उपाध्यायले गर्नुभएको थियो ।