बर्दघाट नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

0

पुष्पा गिरी/बर्दघाट २७ असोज –

बर्दघाट नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको छ । नगर प्रमुख धीरज शर्मा बस्याललाई कोरोना संक्रमण भएपछि नगरले आवश्यक सेवा बाहेकका सेवा बन्द गरेको हो ।

कर्मचारी तथा जनप्रतिनिधिहरुको कन्ट्रयाक टे«सिङ गर्नुपर्ने भएको हुदाँ पीसीआर परिक्षणको नतिजा नआउन्जेल सम्म सेवा स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताउनुभयो । तर वडा कार्यालय तथा स्वास्थ संस्थाका  सेवाहरु भने सञ्चालन हुने उहाँले बताउनु भयो । नगरमा संक्रमित ११२ जना र ७० जना कोरोना मुक्त भएर डिस्चार्ज नगर स्वास्थ्य शाखा माधव ज्ञवालीले जानकारी दिनुभयो ।

No description available.

त्यस्तै बर्दघाट नगरपालिकामा बिद्यालय समेत बन्द हुने शिक्षा शाखाले जनाएको छ । कक्षा ११ को परिक्षा बाहेकका शैक्षिक कार्यक्रम बन्द भएको शिक्षा शाखा प्रमुख इन्द्रबहादुर कुंवरले जानकारी दिनुभयो ।

You might also like