उन्नत बाख्रा बितरण

0

अभय कुमार यादव (प्रशिक्षार्थी पत्रकार )सुस्ता – सुस्ता गाउपालिकाले विपन्न परिवारको जिविकोपार्जनमा सघाउ पु¥याउन जमुनापारी नश्लका उन्नत बाख्रा बितरण गरेको छ ।

बिहीवार गाउपालिका परिसरमा आयोजित कार्यक्रममा गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले ८ जना बिपन्न परिवारलाई प्रति परिवार २ वटाका दरले बाख्रा प्रदान गर्नुभएको थियो । गाउपालिकाको स्विकृत कार्यक्रम अनुसार बाख्राका माउ तथा पाठी विपन्न परिवारलाई बितरण गरिएको र आव २०७६÷०७७ मा पनि कार्यक्रमले निरन्तरता पाउने उहाँले सो अवसरमा बताउनुभयो । बाख्रा पाएपछि कृषकहरु हर्षित हुदै बाख्राबाट उत्पादन लिई जिवनस्तर उकास्ने प्रतिबद्धता ब्यक्त गरेको गाृउ कार्यपालिकाका प्रबक्ता कृष्णलाल मुखीयाले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्याल तथा पशु सेवा शाखाका प्राबिधिकहरु सहभागी हुनुभएको थियो ।प्रशिक्षार्थी पत्रकार

You might also like