साना किसानको २५ औं वार्षिक साधारणसभा सम्पन्न

0

नवलपरासी २३ असोज ।

पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा न० १ महेशपुरमा अवस्थित रमपुरवा साना किसान कृषि सहकारी संस्था लि०को २५ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

रमपुरवा साना किसान कृषि सहकारी संस्थाले गत आर्थिक वर्ष ०७७/०७८ मा १६ करोड ८० लाख ९ हजार ९ सय ४२ रुपैयाको कुल कारोबार गर्दै ६० लाख ३९ हजार ८ सय ८७ रुपैयाको नाफा आर्जन गर्दै जिल्लाको सहकारीको उत्कृष्ट सहकारीहरुमा पर्न सफल भएको दाबी गरिएको छ ।

रमपुरवा साना किसान कृषि सहकारी संस्था लि० का अध्यक्ष मोजिम अलि अन्सारीको अध्यक्ष्ाता तथा प्रतिनिधि सभा सदस्य एवम् पुर्ब गृहराज्यमन्त्री माननीय देवेन्द्रराज कंडेलको प्रमुख अथितिक्ता तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय बैजनाथ जयसवालको विशिस्ट अथितिक्ता तथा पाल्हिनन्दन गाउपालिकाका उपप्रमुख पाबित्रा कोहारको विशेष अतिथिक्तामा सम्पन भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कंडेलले संस्थाको बिकाशका लागि आफू सधै लागि परेकाे तथा यस आर्थिक वर्षमा यस संस्थालाई एउटा एम्बुलेन्स दिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।

त्यसै गरी विशिष्ट अतिथि जायसवालले संस्थाको भौतिक निर्माणको लागि आफू प्रदेश सरकारबाट बजेट निकासा गराउने बताउनु भएको छ।

कार्यक्रममा वडा अध्यक्ष लल्लन यादव ,पाल्हिनन्दन गाउपालिकाका कार्यपालिका सदस्य राजकुमारी कोहार , सनराइज मा०बि० का प्रधानध्यापक उपेन्द्र गुप्ता ,रमपुरवा साना किसान कृषि सहकारी संस्थाका पुर्व अध्यक्ष महातम बिश्वकर्मा, पत्रकार रन्जित शर्मा , हुसेन अन्सारी,जितेन्द्र गुप्ता ,समाजसेवी चुलाइ यादव लगायतको व्यक्ति अतिथिक्ता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार सन्जय जयसवालले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन तथा लेखा प्रतिवेदन रियाज अन्सारी तथा प्रगति प्रतिबेदन लेखा सन्योजकले प्रस्तुत गरेका थिए ।

 

You might also like