माओवादीका महासचिव किरण सहितको हेडक्वार्टर पश्चिम नवलपरासीमा केन्द्रित हुने

0

नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी ) केन्द्रीय सल्लाहकार समितिको बैठक पश्चिम नवलपरासीमा बस्ने भएको छ । नेकपा ( क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीको आतिथ्यता एंवम् ब्यवस्थापनमा यही मंसिर ८ र ९ बस्ने बैठकको तयारी शुरु गरिएको क्रान्तिकारी माओवादी नवलपरासीका सेक्रेटरी चोलाले बताउनुभयो । बैठकका लागि नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरण सहितको हेडक्वार्टर प्रदेश नम्बर ५ मा केन्द्रित हुने भएको छ । नेता बैद्य सहित बरिष्ठ नेता सिपी गजुरेल गौरव स्थायी समिति सदस्य परि थापा , राम सिं श्रीस, हरिभक्त कण्डेल प्रदेश नम्बर ५ केन्द्रित हुने पोलिटब्युरो सदस्य भिषणले जानकारी दिनुभयो ।क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको पुर्ण बैठक रुपन्देहीमा बस्ने भएकोले क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरण सहितका नेताहरु प्रदेश नम्बर ५ मा केन्द्रित हुने सो पार्टीले जनाएको छ । संघीय राजधानी काठमाण्डौ भन्दा बाहिर हुन लागेको बैद्य माओवादीको केन्द्रीय समिति पोलिटब्युरो र स्थायी समितिको बैठकलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

You might also like