ग्रामीण साकोसले रजत महोत्सव मनाउदै

0

नवलपरासी: प्रदेश नम्बर पाँचको मुख्यद्धार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर चारमा मुख्य कार्यालय रहेको ग्रामीण वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५ बर्ष प्रबेशको अवसरमा रजत बर्ष मनाउने तयारी गरेको छ । ग्रामीण साकोसले स्थापनाको २५ औं बसन्त प्रबेशको अवसरमा माघ २८ गते देखि ३ दिवशीय कार्यक्रम सार्वजनिक गरेको हो ।
आइतवार मुख्य कार्यालयमा पत्रकार सम्मेलन गरी ग्रामीणले रजत महोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम सार्वजनिक गरेको थियो । कार्यक्रममा ग्रामीण साकोसका अध्यक्ष रविन्द्रबिक्रम हमालले सहकारीले माघ २८ गते देखि फागुन १ गते सम्म तीन दिवशीय कार्यक्रम तय गरेको बताउदै २८ गते र्मिमिरे सेवा केन्द्रमा रक्तदान कार्यक्रम २९ गते स्वर्णीम सेवा केन्द्रमा बक्तृत्वकला र १ गते भब्य रुपमा सांस्कतिक कार्यक्रम गर्ने बताउनुभयो । उहाँले रजत जयन्ती महोत्सव समापनका दिन प्रदेश नम्बर ५ की कृषि तथा सहकारी मन्त्री आरती पौडेल प्रमुख अतिथि रहने समेत जानकारी दिनुभयो । त्यस्तै सोही दिन बिविध सास्कृतिक कार्यक्रम हुने र कार्यक्रममा राष्टिय कलाकार पशुपति शर्मा आउने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष हमालले पाँच पटक सम्म निरन्तर प्रोब्यासन कार्यक्रममा पर्न सफल ग्रामीण साकोस अब एशियालीस्तरको ब्राण्डमा समेत पर्ने विश्वास ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष देवी प्रसाद अधिकारी सहसचिव राधा ढकाल संचालक सदस्यहरु मुरलीकृष्ण खनाल देवीदत्त सापकोटा ब्यवस्थापक अनन्त पाण्डे लगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता सचिव कृष्णहरि पौडेलको संचालनमा कार्यक्रम भएको थियो । सो अवसरमा अध्यक्ष हमालले पत्रकारको जिज्ञाशाको उत्तर दिनुभएको थियो ।

You might also like