पश्चिम नवलपरासीमा ३ लाख बढीको चाँदी नियन्त्रणमा

0

सहबान अन्सारी/नवलपरासी :

नवलपरासीको सीमा क्षेत्रबाट  ३ लाख बढी मुल्यको चाँदी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।शनिवार दिउँसो पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ चमनटोलामा  बिषेश सुराकीको आधारमा शसस्त्र प्रहरी बल नेपाल नं. २६  गण हेडक्वाटर पश्चिम नवलपरासीको मातहतमा  सशस्त्र प्रहरी  बल नेपाल अस्थायी सुरक्षा वेश गेरमाबाट खटिएको  गस्ती टोलीले  सरप्राइज चेकपोष्ट खडा गरी चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ अवैधरुपमा ल्याउदै गरेको ३ किलो ३४६.५ ग्राम चाँदी र मुर्तीहरु नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको अवैध चाँदी आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाइएको  सुचना अधिकारी रोेशन घिमिरेले जानकारी दिए  ।

You might also like