क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा(मशाल) बीच एकता

0

नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा(मशाल) बीच नवलपरासीमा पार्टी एकता भएको छ ।
शुक्रवार बर्दघाटमा भएको एकता अधिबेशनले पार्टी केन्द्रीय सदस्य रवि पाण्डेयको संयोजकत्वमा ३९ सदस्सीय जिल्ला संगठन समिति निर्वाचित गरेको हो ।
त्यस्तै जिल्ला सहसंयोजकमा गणेश बहादुर ढकाल र भिम छन्त्याल निर्वाचित हुनुभएको सो पार्टीले जनाएको छ । एकता अधिबेशनले ४ सदस्सीय जिल्ला कार्यालय र १३ सदस्सीय सचिवालय समेत गठन गरेको छ । कार्यालयमा संयोजक , दुई सहसंयोजक र कार्यालय सदस्यमा दुर्गा नारायण चौधरी रहनुभएको छ । दुईवटा पार्टीका जिल्ला संगठन समितिलाई समायोजन गरेर नयाँ संगठन समिति निर्माण गरिएको हो ।
एकता अधिबेशन प्रशिक्षण तथा बैठक उद्घाटन सत्रमा बोल्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक निरज केसीले पार्टी एकताको बिरुद्ध छरिएका भम्रहरुलाई चिर्दै क्रान्तिको पक्षमा ईमानदारीपूर्वक लाग्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्यद्वय तिलक पुन र दीपक पौडेलले पार्टी एकताले जनतामा नयाँ तरंग पैदा गरेकोले बिधि र प्रक्रियामा सम्झौता नगरी क्रान्तिको उठान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापाले पार्टी अनुशासन बारे र प्यानल प्रस्ताव समेत राख्नुभएको थियो ।
कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य हिमलाल बाग्ले , शहिद परिवार उर्मिला थापा , प्रदेश सल्लाहकार गुणनीधि पोखरेल , पूर्व जिल्ला सल्लाहकार गणेश विक, अदालत राजभरलगायतको आतिथ्यता थियो । कार्यक्रममा बरिष्ठ साहित्यकार बाबुराम मुसाफिरले कविता र कलाकार जयफुल्लाह हसनले जनवादी गित प्रस्तुत गर्नुभयो ।
कार्यक्रम जिल्ला संयोजक रवि पाण्डेयको अध्यक्षता , सहसंयोजक गणेश बहादुर ढकालको संचालन तथा अर्का सहसंयोजक भीम छन्त्यालको स्वागतमा भएको थियो ।

त्यसैगरी सो पार्टीले पार्टी एकता घोषणा सभा समेत सम्पन्न गरेको जनाएको छ । बर्दघाटको त्रिवेणीचोकमा एक कार्यक्रम आयोजना गरेर पार्टी एकता घोषणा गरिएको हो ।
बसपार्क आसपास र बर्दघाटका बिभिन्न स्थानमा बिना बिकल्प साना ब्यवसायीका टहरा भत्काएको बिरोधमा ब्यवसायीहरुले गर्दै आएको आन्दोलनलाई ऐक्यबद्धता जनाउने गरेर घोषणा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य निरज केसी, केन्द्रीय सदस्यद्वय क्षेत्र बहादुर थापा , रवि पाण्डेय, जिल्ला सहसंयोजक भीम छन्त्याल, बिद्यार्थी नेता सन्देश सापकोटा लगायतले सम्बोधन गर्दै पार्टीले जनताको न्यायपुणर् लडाईमा सदैव साथ दिने उल्लेख गर्नुभएको थियो ।

You might also like