संस्मरणात्मक लेख : ‘अवस्था होइन यो दलाल सत्ता र ब्यवस्था बदल्नुपर्छ’

0

महेश बुढाथोकी
मेरो जन्म २०६० साल पौष महिनाको ५ गते हालको चौरजहारी नगरपालिका वडा न. ६ मा भएको हो । यो स्थान साविकको पूर्तिमकाँडा गाविस वडा न ५ मा पर्दछ । एउटा ग्रामीण एंव श्रमजीवी परिवारमा मेरो जन्म भयो । विपन्न परिवारमा जन्मनु मेरो कुनै अपराध पनि होइन् । पाँचै बर्ष नपुग्दै मैले मेरी ममतामयी आमा गुमाउनुप¥यो । २०६५ साल कार्तिक ८ गते मेरो लागि कालो दिन सावित हुन गयो । जबकी म ४ वर्ष पुरा भएर ५ वर्ष पुग्नलाई २ महिना बाँकी नै थियों । म उही बालकमै टुहुरो हुनुप¥यो जुनकुरा सम्झदाँ मेरो मन निकै भक्कानिन्छ । त्यो बेला म मात्र टुहुरो भएको भने थिईन । हामी चारै भाईबहिनी टुहुरा भएका थियौँ । उ बेला भाईबहिनीहरु मध्य पनि सबैभन्दा जेठो म नै थिए । सानै उमेरमा टुहुरो भएर पनि मैले कसैसँग मदत पनि मागिन । बरु कठिन र कठोर जीवन जिउँदै हिँडे म टुहुरो भएर पनि विद्यालय सानै उमेरमा विद्यालय जान भने पाएको थिए । उ बेला म आफ्नो झोला समेत आफुले बोक्न सक्दिनँ थिए । अंकल फुपूहरु पनि म पढ्ने विद्यालय मै माथिल्लो कक्षा म अध्ययनरत हुनुहुन्थ्यो । उहाँहरुले नै मेरो ब्याग घर देखि विद्यालय सम्म र विद्यालय देखि घर सम्म ल्याईदिनु हुन्थ्यो । अंकल र फुपू हरु सँगै घर देखि विद्यालय र विद्यालय देखि घर सम्म उहाँ हरु कै हात समाएर म पुग्ने गर्थे । टुहुरो भएकै कारण धेरै शिक्षा अध्ययन गर्ने अवसर भने पनि पाइन् । त्यसमा पनि घरको जेठो छोरा थिए । सायद २०७४ माघको कुरा हो म कक्षा ९ मा पढद्थें । त्यो बेला बिप्लवले नेतृत्व गरेको नेकपाका निकट विद्यार्थी संगठनका नेताहरु निर्माण गर्न आउनु भएको रहेछ । त्यहीँ बेला उहाँहरुले भन्नुभयो – अब इकाई कमेटीको अध्यक्षको बन्ने हो हात माथी उठाउनु होस् ।
त्यहीँ बेला सबैभन्दा अगाडि मेरो हात उठ्यो र म अखिल क्रान्तिकारी को इकाई कमेटी को अध्यक्ष बने । त्यसपछि मेरो काँधमा जिम्मेवारी झन् धेरै ठाउँको थपियो र त्यसपछि २०७५ फाल्गुन महिनाको १ गते २४ औं जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको अखिल क्रान्तिकारीले २५ औं जिल्ला सम्मेलन चौरजहारी मै आयोजना गरेको थियोे । म पनि २५ औं जिल्ला सम्मेलन बाट अखिल क्रान्तिकारी रुकुम पश्चिम को जिल्ला समितिमा चयन भएको थिए । आज पनि धेरै जिम्मेवारी मेरो काँधमा छ । अत ः सबैको अभिभावक भनेको त राज्य हो । त्यसमा पनि अनाथ ,बेसाहारा ,टुहुरा बालबालिकाको अभिभावक राज्य हुनुपर्ने हो । तर त्यस्तो अवस्था भने हाम्रो देशमा छैन । आज पनि अनाथ ,बेसाहारा ,टुहुरा बालबालिकाहरु साहारा बिहिन जीवन जिउन बाध्य परेको छ । यो मेरो सन्दर्भमा मात्र सिमित छैन । हजारौं अनाथ ,बेसाहारा टुहुरा बालबालिकाहरुको जीवनमा मेल खान जान्छ ।
हाम्रो नेपाली समाज !
आजको नेपाली समाज र आजको विश्व र नेपालको पनि परिस्थिति हिजोको जस्तो छैन । कैयौं बदलिएको छ र ब्यवस्था पटकपटक बदलिदैँ आएको छ । शासकीय स्वरुप र उहीँ पुरानै छ । संस्कार संस्कृति र प्रवृत्ति फेरिएको छैन । राज्य को कुनै पनि क्षेत्रमा परिवर्तन भएको छैन । आज विश्वमा र नेपालमा शोषण उत्पीडन विभेद दमन र अन्यायका स्वरुपहरु फेरिएका छन तर अन्त्य भएका छैनन् । झन भिन्न र नयाँ तरिकाले ब्यापक हुँदै गएको छ । नेपालमा २००७ सालको जनक्रान्ती देखि ०३६सालको जनमतसंग्रह ०४६सालको जनआन्दोलन र २०५२ सालमा सुरु भएको १०वर्षको महान जनयुद्ध २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलन मधेस आन्दोलन र जनसंघर्षहरु तथा धेरै ठूलो त्याग समर्पण र बलिदानबाट केहि राजनीतिक परिवर्तन पनि भयो र राजतन्त्रको अन्त्य भई देशमा संघीय लोकतान्त्रिक गणतन्त्र पनि आयो संघीयता धर्मनिरपेक्षता समानुपातिक समावेशी तथा सामाजिक न्याय सामानता र मौलिक अधिकारसहित संविधानसभाको चुनावमार्फत २०७२ पनि बन्यो । तीन तहका सरकार हरु पनि बने । स्वाधीनता सुशासन शान्ति विकास समृद्धि र खुसी नेपालीको नारासमेत घोषणा गरियो । तर देशका अनाथ ,बेसाहारा टुहुरा बालबालिकाको अवस्था बदलिएको छैन । सामाजिक आर्थिक रुपान्तरण भएको छैन । अत : राजनीतिक रूपमा केही परिवर्तन भएर ब्यवस्थाको साईनबोर्ड फेरिए पनि राजनीतिक क्रान्ति भएको छैन । राज्य पूर्नः संरचना भएको छैन र अझै पनि समाजले अनाथ बेसाहारा टुहुरा बालबालिकाहरु प्रति गर्ने ब्यवहार र हेर्ने दृष्टिकोण फेरिएको छैन । त्यसैले अवस्था होइन यो दलाल सत्ता र ब्यवस्था बदल्नुपर्छ ।
                                                                                                               -लेखकः क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।

You might also like