फेसबुक म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम मर्ज हुँदै, कुरा गर्न थप सजिलो हुने

0

काठमाण्डौ ः सामाजिक सञ्जाल फेसबुकले आफ्ना तीन म्यासेजिङ्ग सेवा प्रदान गर्दै आएका इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई मर्ज गर्ने तयारी गरेको छ । तीनवटै स्वतन्त्र र भिन्दै एप्लिकेशन रहेर पनि एकअर्कासँग जोडिने अवस्था सिर्जनको तयारीमा फेसबुक छ । यसको अर्थ तीनवटै माध्यमबाट जुन कुनैमा म्यासेज गर्न र हेर्न मिल्छ । अर्थात इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक म्यासेन्जरलाई अन्तरसम्बन्धित गर्ने योजनामा फेसबुक छ । यो लामो प्रक्रिया रहेको र अहिले सुरुवाति चरणमा रहेको फेसबुकले बताएको बिबिसीले उल्लेख गरेको छ । यसबारेको खबर सबै भन्दा पहिले न्युयोर्क टाइम्समा आएको थियो र यसलाई फेसबुकका संस्थापक मार्क जुकरबर्गको योजनाका रुपमा लिइएको छ । मर्जरको प्रक्रिया पूरा भएपछि फेसबुक म्यासेन्जरमा रहेको व्यक्तिले वाट्सएपमा मात्रै रहेको व्यक्तिसँग सीधा म्यासेज गर्न वा संवाद गर्न सक्ने छ । यस्तै इन्स्टाग्रामको सवालमा पनि हुनेछ ।

You might also like