नगरस्तरीय गाई भैसीपालन सम्बन्धि तालिम सम्पन्न
रामप्रसाद पौडेल बर्दघाट -पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको पशुसेवा शाखाले दुई दिन नगरस्तरीय गाई भैसीपालन सम्बन्धि तालिम सम्पन्न गरेको छ ।
फार्म अवलोकन समिति सोमवार र मंगलवार भएको तालिममा मुख्य प्रशिक्षक डा. जगदिश पाण्डे, पशु सेवा प्राबिधिक रामप्रसाद पौडेल र अभिशेष लामिछानेले सहजीकरण गर्नुभएको थियो ।
समापनसत्रमा प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले नगरले कृषि क्षेत्रमा राम्रै लगानी गरेको उल्लेख गर्दै पशुपालकहरुले बैकल्पिक आहारको समेत ब्यवस्था गर्नुपर्ने बताउदै आगामी दिनमा अझै बजेट बृद्धि गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा बिशेष अतिथि बर्दघाट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत कृष्ण प्रसाद पाण्डेले तालिममा सिकेको कुरा ब्यवहारमा लागु गर्दै पशुपालनलाई ब्यवसायिक बनाउन योजना आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा कृषक होमकान्त रिजाल र सुशिला न्यौपानेले सहुलियत कृषि ऋण ,पशुखोप र यान्त्रीकरणमा सहयोग भए पशुपालन क्षेत्रले धेरै उत्पादन दिन सक्ने बताउदै तालिमबाट धेरै कुरा सिक्ने मौका मिलेको बताउनुभएको थियो ।
तालिममा २० जना कृषक सहभागी थिए ।