निशुल्क स्वास्थ्य शिविर

0

चौपत्ता – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १३ मा रहेको श्री उदय युवा क्लवको आयोजनामा निशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । शिविरको उद्घाटन बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि बस्यालले रोग लाग्नु भन्दा लाग्नै नदिने तर्फ सचेत हुनुपर्नेमा जोडदिदै स्वस्थ रहनका लागि ब्यक्तिगत सरसफाई संगै समाजको सरसफाई समेत महत्वपुर्ण हुने बताउनुभएको थियो । सो शिविरमा आंखा, दन्त तथा जनरल परिक्षण गरिएको थियो । सो शिविरमा विनोद निता कंडेल आंखा अस्पतालको प्राविधिक सहयोग र सहयोगी संस्थाको रुपमा चन्द्र ज्योती शिव मन्दिर धनेवा, लालीगुरांस आमा समुह रहेको थियो । शिविरको सह आयोजकको रुपमा बर्दघाट नगरपालिका र सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता रहेको थियो । शिविरमा आंखा जांच तर्फ २ सय ५० जनाले सेवा लिएकोमा ३५ जना मोतिया विन्दुको अपरेशन गर्नुपर्ने विरामी फेला परेका थिए । दन्त तर्फ करिव १ सय जनाले परिक्षण गराएका थिए भने स्वास्थ्यपरिक्षण तर्फ १ सय ६२ जनाले परिक्षण गराएका थिए । शिविरमा विरामीहरुका लागि निशुल्क औषधीको ब्यबस्था गरिएको थियो भने आंखाको अपरेसन गर्नु पर्ने हरुका लागि परासीमा रहेको विनोद निता कंडेल आंखा अस्पतालमा ५० प्रतिशत छुटमा अप्रेशन गर्ने ब्यबस्था मिलाईएको क्लवका सचिव रविन चापागाईले जानकारी दिनुभयो । कार्यक्रम क्लवका अध्यक्ष मदन पाण्डेको अध्यक्षता, बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता रहेको थियो भने शहिद स्मृति सामुदायिक अस्पतालका अध्यक्ष निमानन्द न्यौपाने, वडा नम्बर १३ का अध्यक्ष नर बहादुर चौधरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार आले लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम कोषाध्यक्ष आशा भेजारको स्वागत र सचिव रविन शर्मा चापागाईको संचालनमा सम्पन्न भएको थियो ।

You might also like