पश्चिम नवलपरासीका मस्जिद मदरसाको अनुगमन सकियो

0

नवलपरासी, २२ बैशाख ।

मस्जिद–मदरसा जिल्लास्तरिय अनुगमन समितिले सोमबार रामग्राम नगरपालिकामा रहेको मस्जिद मदरसाहरुको अनुगमन गर्दै जिल्लामा अनुगमन सम्पन्न भएको जनाएको छ । जिल्लामा रहेको ७ वटा पालिकामा ६ दिन लगाएर आज सोमबार जिल्लाको सबै मस्जिद मदरसाहरुको अनुगमन कार्य गरेको हो ।
अनुगमनको छैठोदिन रामग्राम नगरपालिकाको परासी, पाडाटिकर, देवगाँव, महुवारी, डिघवल र पोखरापालीका मस्जिद मदरसाहरु अनुगम गर्दै जिल्लामा अनुगमन सकिएको समिति सदस्य हैदर अलि मोमिमले जानकारी दिनुभयो ।
उहाँका अनुसार रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको रोहबरमा परासी मदरसाबाट अनुगमन शुरु गरिएको थियो ।
मुस्लिम आयोगले नवलपरासीका मस्जिद र मदरसाहरु अनुगमन गर्न भेष बहादुर खरेलको संयोजकत्वमा गठन गरेको जिल्लास्तरिय अनुगमन समितिले आज पश्चिम नवलपरासीको अनुगमन सकिएको र भोलीदेखि पुर्वी नवलपरासीको मस्जिद मदरसाहरुको अनुगमन गर्ने समितिका संयोजक बिबि खरेलले बताउनुभयो ।

 

You might also like