कम्जोर पूर्वाधारले सुरक्षाकर्मीमा संक्रमणको जोखिम बढ्दै

0

काठमाडौँ,भदौ ८ गते ।

देशमा जबजब समस्या र विपत्ति आइलाग्छ अगाडिको मोर्चामा काम गर्ने सुरक्षा निकाय नै अगाडि बढिरहेको हुन्छ । देशभर कोरोना संक्रमण बढ्दै गए पछि सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिएको छ । देशका धेरै स्थानमा सुरक्षाकर्मीका लागि खाने लागाउन तथा बस्ने स्थानमा न्यूनतम् पूर्वाधारको समेत अभाव रहेका बेला यसमा समयमै सुधार नगरे अबस्था जटिल हुन सक्ने बताइएको छ ।
केही सुक्षा निकायले सुरक्षाकर्मीको कार्यस्थलदेखि व्यारेकसम्मका गतिविधिमा कडाइ गरे पनि त्यो मात्र पर्याप्त हुने बताइन्छ ।
नेपाल प्रहरीका पूर्वडीआइजी केशव अधिकारी सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण धेरैमा सर्ने प्रमुख कारण उनीहरुको वासस्थानदेखि पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षाका लागि चाहिने सामग्रीको अभाव भएको बताउनुहुन्छ ।
सरकारले सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमणबाट जोगाउन प्रर्याप्त साधन स्रोतदेखि सामाजिक दूरी सहितको सुत्ने व्यवस्थागर्न आवश्यक रहेको अधिकारी बताउनुहुन्छ ।
भोलिको दिनमा यस्ता किसिमका समस्या सुधार्न नसके भयाभवस्थिति आउन सक्ने खतरा रहेको उहाँले बताउनुभयो । कतै व्यारेकमा एउटै बेडमा तीनजनासम्म सुत्नु पर्ने अबस्था छ । यस्तो अबस्थामा स्वाभाविक रुपमा जोखिम बढी हुन्छ ।
आजसम्म सशस्त्र र नेपाल प्रहरीका कुल १२ सय जना सुरक्षाकर्मीलाई कोरोनासङ्क्रमण देखा परेको छ । नेपाल प्रहरीका ५५१ र सशस्त्रका चारसय जना र नेपाली सेनामा तीन सय सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ ।
नेपालप्रहरीका प्रवक्ता कुवेर कडायत,प्रहरीको काम जनतासँग प्रत्यक्ष सहभागी हुनु पर्ने प्रकृत्तिको काम भएको बताउनुहुन्छ ।
कुनै ठाउँका बाढी पहिरो, जुलुस, समाजमाहुने घटनामा अग्रपंतिमा रहेर काम गर्नु पर्ने आफूहरुको जिम्मेवारी भएको प्रवक्ता कडायत बताउनुहुन्छ ।
मानिसहरुको प्रत्यक्ष सम्पर्कका कारण प्रहरीमा कोरोना सङ्क्रमण सर्ने गरेको कडायतको भनाइ छ । प्रहरीमा आम मानिसबाट कोरोनाको सङ्क्रमण बढ्नेक्रम देखिए पछि स्वास्थ्यमन्त्रालयले कोरोनासङ्क्रमणबाट जोगिन, जारी गरेका मापदण्ड प्रहरीमा कडाईका साथ लागू गरेको उहाँ बताउनुहुन्छ ।
सुरुक्षाकर्मीलाई कार्यस्थलमा चाहिने मास्क लगायत विभिन्न सामग्री पर्याप्त मात्रामा सबै क्षेत्रमा पुगेको बताउँदै स्वास्थ्य सामग्री अभाव भएर कोरोना सङ्क्रमण नबढेको उहाँ दाबी गर्नु हुन्छ ।
प्रहरीमा बढ्दो सङ्क्रमण कम गर्न सामाजिक दूरी कायम, मास्कको प्रयोग लगायतकामको प्राकृतिक हिसावले पनि कसरी अगाडिजाने भन्ने विषयमा रणनीति बनाएको प्रवक्ता कडायत बताउनु हुन्छ ।
तर हामीहरुले त्यो भन्दाभन्दै पनि अग्रिंम मोर्चामा काम गर्ने भएकाले चोर भेटाए चोरलाई समात्नै प¥यो, जुलुस पहिरो आए यहाँनजिक गएर उद्वार गर्नुप¥यो,यस्ता धेरै प्रकारका बाध्यताले सामाजिक दूरी कायमगर्न नसकिने उहाँको भनाइछ ।
सशस्त्र प्रहरीबलका प्रवक्ता राजु अर्याल सिमानाको सुरक्षा र क्वारेन्टाइनको सुरक्षागर्ने कार्यक्षेत्रमा प्रहरीमा कोरोना सङ्क्रमणबढी देखिएको बताउनुहुन्छ ।
सिमानाको आवत जावत गर्ने ठाउँमा मानिसहरुको भीडभाड, झगडा रोक्न जाँदा पनि कोरोना सङ्क्रमण हुने उहाँको भनाइ छ ।
सशस्त्र प्रहरीमा सङ्क्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गरेर स्वास्थ्यमन्त्रालयले ल्याएको नियम कडाईका साथ लागू गरिएको उहाँले बताउनुभयो ।
कोरोना सङ्क्रमण थप फैलिन नदिन ब्यारेकको गेटदेखि ‘मेस’सम्म नयाँ नियम समेत बनाएको प्रवक्ताअर्याल बताउनुहुन्छ ।
ब्यारेकमा बाहिरको मान्छेलाई बन्देज, क्वारेन्टाइनमा डयूटी गरेर आएको प्रहरीलाई छुट्टै क्वारेन्टाइनमा राख्ने, सङ्क्रमण देखिएकालाई छुट्टै आइसोलेसनमा राख्ने व्यवस्था गरेको उहाँ बताउनुहुन्छ ।
यसैगरी कोरोना परीक्षण गरी कोरोना सङ्क्रमण नेगेटिभ आएका प्रहरीलाई पनि बेग्लै ठाउँमा राख्ने गरिएको छ । साथै, प्रहरीलाई बाहिर बस्न र घर विदा जान पनि बन्दगरिएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेल सेना संग मानिसहरुको प्रत्यक्ष सम्पर्क हुने भएकोले कोरोना संक्रमणको जोखिम बढी हुने रहेको बताउनुहुन्छ ।
नेपाली सेनामा कोरोना संक्रमणको जोखिमलाई मध्य नजर गरेर थप सर्न नदिन सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गरिरहेको बताउनुहुन्छ ।
हामी यस विषयमा गम्भिर हुँदा पनि काम नै जनसम्पर्कको काम भएकोले कोरोनाको जोखिम रहेको प्रवक्ता पौडेलको भनाई छ ।
व्यारेक भित्र पनि सामाजिक दुरी कायम गर्ने बाहिरबाट आए पछि सावुन पानीले हात धुने लगायत सुरक्षित रहन विशेष सावधानीका उपायहरु अपनाएको उहाँबताउनुहुन्छ ।
त्यसो गर्दा पनि हाल सम्म तीन सय सेनामा कोरोना पोजिटिभ देखिएको छ ।
नेपाल भारत सिमानामा पहिला २० ठाउँमा हेल्थ डेष्क खडा गरेर काम गरेकोमा हाल १० ठाउँका नाकामा हेल्थ डेष्क राखेर काम गरिरहेको प्रवक्ता पौडेल बताउनुहुन्छ ।
सिमानामा आउने मानिसहरुको लागि सम्बन्धित ठाउँमा पठाउनको लागि सहजीकरणको काम नेपाली सेनाले गर्दै आएको छ ।
साथै तेस्रो मुलुकबाट हवाई मार्ग आउने मानिसहरुको लागि पनि क्वारेनटाइन सम्म पुयाउने र सुरक्षा दिने काम नेपाली सेनाले गर्दै आएको छ ।
कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको शव व्यवस्थापनको काम सेनाले गर्दै आएको सेनाका प्रवक्ता पौडेल बताउनुहुन्छ । अहिले सम्म १२६ शवको व्यवस्थापन गरिएको उहाँको भनाई छ ।

Gorkha patra

You might also like