दुर्घटनामा एकको मृत्यु एक जना घाइते

0

नवलपरासी – पश्चिम नवलपरासीको वर्दघाट नगरपालिका ४ बर्दघाट वसपार्कमा सोमबार माइक्रो वसले ठक्कर दिदाँ एक वालिकाको मृत्यु र एक वालक गम्भीर घाइते भएकोे छ । मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका ७ वस्ने जैय रामवोटेको ६ वर्षीय छोरी शितल वोटे रहेकी छिन् दुर्घटनामा परी उनकै ४ वर्षीय छोरा आयर्न वोटे गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय नवलपरासी बर्दघाट सुस्तापश्चिमका प्रवक्ता विरेन्द्र थापाले दिएको जानकारी अनुसार वुटवलबाट वर्दघाट वसपार्कमा लु १ ख ७२९६ नम्बरको माईक्रो वस रोकी यात्रु झार्ने क्रममा बसले दिदी भाईलाई ठक्कर दिएको हो । घाइते वोटेलाई उपचारका लागि भरतपुर पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

You might also like