लघु बित्त बिरुद्ध बर्दघाटमा बिरोध प्रर्दशन

0

बर्दघाट – लघु बित्त बिरुद्धको संर्घष समितिमा आबद्ध महिलाहरुले बर्दघाटमा बुधवार बिरोध जनाएका छन् ।
लघु बित्त संस्था नव सामन्त संस्था रहेकोले खारेज गर्नुपर्ने लगायतमा ५ बुदें माग गर्दै संर्घष समितिमा आबद्ध महिलाहरुले बिरोध जनाएका हुन् ।
लघु बित्तमा लगाइएको सामुहिक ऋण मिनाह गर्नुपर्ने ,आवश्यकता र क्षमताका आधारमा काम र दामको ब्यवस्था हुनुपर्ने लगायतका पाँच बुदें माग लिएर महिलाहरु संर्घषमा उत्रिएको संर्घष समिति बर्दघाट नगर समिति संयोजक धनमाया तामाङले जानकारी दिनुभयो ।
लघु बित्तले घरघरमा गएर ऋण असुलीका नाममा ज्यादती गरेको , महिलाहरु माथि मानसिक दबाब दिने काम गरेको, बालबालिकाहरु माथि समेत असर पर्ने क्रियाकलाप गरेको लगायतका आरोप लगाउदै महिलाहरुले संगठित रुपमा जुलुस निकालेका हुन् ।
बर्दघाट–४ बसपार्क बाट नाराबाजी सहित निकालिएको जुलुसले त्रिवेणीचोक , नगरपालिकाको कार्यालय हुदै बर्दघाटमा बिभिन्न क्षेत्र परिक्रमा गर्दै चिसापानीमा पुगेर कोणसभा गरिएको थियो ।
सभामा लघु बित्त संर्घष समितिकी केन्द्रीय उपाध्यक्ष एलीना खातुनले लघु बित्तले गरेको ज्यादतीलाई सहेर बस्न नहुने बताउनुभयो । उहाँले बिगत ३० बर्षमा लघुबित्तले कसैलाई पनि लघु उद्यमी बनाएको नसकेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा लघु बित्त संर्घष समिति गण्डकी प्रदेश संयोजक नर्बदा शाहले लघु बित्त बिरुद्धको संर्घष समितिमा आबद्धहरु माथि बिभिन्न भम्र छर्ने गरिएको बताउनुभयो ।
कार्यक्रममा अर्का बक्ता समाजसेवी चुडामणी भण्डारीले लघु बित्त सुदखोरहरुको संस्था रहेकाले बताउदै लघु बित्त र मिटरब्याजीहरुका बिरुद्ध जाईलाग्न आग्रह गर्नभयो । उहाँले यदि लघु बित्तका ऋणी महिलाहरु माथि संस्थाको ज्यादती नरोकिए जनकारवाही गर्ने चेतावनी दिनुभयो । कार्यक्रम लघु बित्त बिरुद्धको संर्घष समिति बर्दघाट नगर समिति संयोजक धनमाया तामाङको अध्यक्षतामा भएको थियो ।

You might also like