नेपाली सेना विकास निर्माण कार्यमा

0

परासी – नेपाली सेना कालीध्वज गण परासीले विकास निर्माणमा स्थानीयसंग सहकार्य गरेको छ । सहकार्य अन्तरगत सेनाले बर्दघाट ९ भुताहास्थित र संसारकोट दुर्गा भवानी मन्दिर परिसरमा सुबिधा सम्पन्न अपांग तथा महिला मैत्री शौचालय एंवम स्नानघर निर्माण गरेको हो ।

सेनाको सहयोगमा विकासका संरचना पाएपछि स्थानीय हर्षित भएका छन । सो शौचालय विहीवार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रम संसारकोट दुर्गा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर खत्रीको अध्यक्षता तथा कालीध्वज गण परासीका प्रमुख सेनानी गणपति सुजन बहादुर मल्लको प्रमुख अतिथ्यतामा भएको थियो ।

स्थानीयबासी जेष्ठ नागरिक ९४ वर्षिय खिमानन्द पौडेलले सो शौचालय तथा स्नानघरको समुद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा बर्दघाट वडा नम्बर ८ का वडाध्यक्ष कविराज आचार्य समाजसेवी शम्भुलाल श्रेष्ठ, तारा प्रसाद श्रेष्ठलगायतले बोल्नुभएको कार्यक्रम संचालक कमल पराजुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा निर्माण समिति संयोजक पुर्णमान श्रेष्ठले कुल ६ लाख २५ हजारमा सो संरचना बनाइएको बताउनुभयो ।


सोही कार्यक्रममा भगवान श्रेष्ठका स्व. बुवा पदम प्रसाद श्रेष्ठ र आमा प्रेम कुमारी श्रेष्ठको स्मृतिमा उक्त परिसरमा खानेपानी धारा जडान कार्य समेत सम्पन्न गरिएको थियो ।

You might also like