संकल्प बहुउदेश्शीय सहकारी संस्थाको दशौ बार्षिक साधारणसभा सम्पन्न

0

बर्दघाट – संकल्प बहुउदेश्शीय सहकारी संस्थाको दशौ बार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ । सभाले बिगतको समिक्षा गर्दै आगामी कार्ययोजना पारित गरेको छ । कार्यक्रममा अध्यक्ष छबिलाल खरेलले प्रगति कोषाध्यक्ष घनश्याम पोखरेलले आर्थिक लेखा संयोजक रवि पाण्डेले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैक बर्दघाट शाखा प्रबन्धक सविना पोखरेल बिशेष अतिथि त्रिवेणी टेलिभिजनका कार्यबहाक अध्यक्ष राजेन्द्र सुनार संस्थामा संस्थापक अध्यक्ष तथा सल्लाहकार चुडामणि भण्डारी रमेश बस्याल लगायतले शुभकामना दिनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष छबिलाल खरेलको अध्यक्षता उपाध्यक्ष राजु खनालको स्वागत सचिव नारायण भण्डारीको संचालनमा भएको थियो ।

You might also like