नवलपुरमा भएकाे सवारी दुर्घटनामा एक जनाकाे मृत्यु

0

 

असार १५, 

पूर्वी नवलपरासीमा भएकाे सवारी दुर्घटनामा एक जनाकाे निधन भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक माेहनबहादुर खाँणका अनुसार नवलपुरकाे मध्यविन्दु नगरपालिका ७ अम्रसामा भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेकाे ना ४२ प ४९१८ नम्बरकाे माेटरसाईकलकाे ठक्करबाट एक जना पैदल यात्रीकाे निधन भएकाे हाे ।

आईतबार साँझ भएकाे सवारी दुर्घटनामा परी गम्भीर घाईते भएका मध्यविन्दु ७ अम्रसा निवासी ७४ राेमबहादुर मल्लकाे उपचारकाे क्रममा साेमबार निधन भएकाे प्रहरीले जनाएकाे छ ।

उनकाे पुरानाे मेडिकल कलेज भरतपुरमा उपचारकाे क्रममा निधन भएकाे हाे ।

ठक्कर दिने माेटरसाईकल र चालक प्रहरी नियन्त्रणमा रहेकाे छ ।

Daunne news

You might also like